सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पर्यटन मन्त्री आलेलाई नेता प्रल्हाद बुढाथोकीको प्रस्ताव

 संवाददाता    २०७९, १४ जेष्ठ शनिबार ११:०८     373 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चले रोकेपछि अब सर्लाहीमा बनाउन प्रस्ताव गरेका छन्। शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेलाई पत्र पेश गर्दै बुढाथोकीले मधेस प्रदेशको सर्लाहीमा विमानस्थल बनाउन प्रस्ताव गरेका हुन् ।निजगढमा सालको ठुलो संख्यामा रुख काट्नुपर्ने कारणले रोकिएको अन्तर्राष्ट्रिय बिमानस्थल सर्लाही स्थित सागरनाथ बन बिकास क्षेत्रको धरहरा मुर्तिया क्षेत्रको खाली जमिनमा बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रस्ताव एवम् अर्थ मन्त्री जनार्दन शर्मालाई बजेट सुनिश्चितताको निम्ति नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रल्हाद बुढाथोकीले पहल पनि गरिरहेको जनाएका छन। यस क्षेत्रमा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण गरिए बन फडानी र जग्गा अतिक्रमण गरिनुपरिने छैन र मधेस प्रदेशको बीच भागमा सबैलाई उपयुक्त स्थान पनि रहेको उनले बताए।

सर्लाहीको सागरनाथ बन विकास परियोजना क्षेत्रको धरहरा–मुर्तीया क्षेत्रमा निर्माण गर्न उनले माग गरे।

सो क्षेत्रमा विमानस्थल बनाए वन फडानी गर्न नपर्ने उनको तर्क छ।

मधेस प्रदेशको बीच भागमा पनि हुने र पहिले नै साम्भाव्यता अध्ययन समेत भइसकेको हुँदा सो क्षेत्रमा अन्तराष्ट्रिय विमानस्थल बनाउन आवश्यक प्रक्रिया अघि बढाउनका लागि आवश्यक पर्ने बजेटको समेत सुनिश्चितता गरिदिनुहुन निवेदन गर्दछु,’ बुढाथोकीले मन्त्रीलाई सम्बोधन गरेका छन।

सर्वोच्च अदालतले बिहीबार बाराको निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्य तत्काल रोक्न आदेश दिएको थियो।

अदालतको आदेशसँगै निजगढको विमानस्थल निर्माण कार्य रोकिने छ। अदालतको आदेशप्रति राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन्।