ललितपुर – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढ्नुभएकाे गाडी दुर्घटना भएको छ ।
दाहाल चढेको गाडी ललितपुर जावालाखेलको स्टाफ कलेज नजिकै टायर पन्चर भएर पोलमा ठोक्किएको जावालाखेल प्रहरीले जनाएको छ ।
दुर्घटनाका कारण दाहालको टाउकोमा चोट लागेको छ । उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त र सामान्य रहेको अस्पतालले जनाएकाे छ ।
मेयर दाहाल केही समयदेखि खुमलटार बस्दै आएकी थिइन ।