संसद्मै ओलीले भने- एमाले फुटाउन सभामुखले पदीय जिम्मेवारी बिर्सनुभयो

 संवाददाता    २०७९, १२ जेष्ठ बिहीबार १५:५०     380 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा बिर्सेको आरोप लगाएका छन् । ओलीले संसद्मै यस्तो बताएका हुन् ।

बिहीबार बसेको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै ओलीले सभामुखमाथि नै आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘साउन २५ गते हामीले निष्कासन गरेको सांसदहरूको भदौ १ गते सम्माननीय सभामुखकहाँ हामीले प्रस्तुत गरिसएको कुरालाई १० दिन पर्खिएर …अरुको चाहिँ ढोकाबाटै लिएर सूचना जारी गर्नुपर्ने । एमाले फुटाउन पदीय मर्यादा सबै बिर्सिएर एमाले फुटाउन जे पनि गर्न हुने ? कुनै मर्यादा राख्न नपर्ने ?,’

उनले संसद्मा प्रतिपक्षविरुद्ध पक्षपात गरिएको बताए । फोटो : फाइल