साम्पाङगले पदभार ग्रहणपछि पहिलो निर्णय गर्दै आन्तरिक राजश्व बढाउन, करको दायरा बढाउन अध्ययन गर्ने कार्यदल गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिएका हुन् ।
कार्यदल गठन गर्ने निर्णयमा भनिएको छ ‘नेपालको संविधानले स्थानीय तहलाई प्रदान गरेको एकल अधिकारको सूची भित्रका कार्यहरु सञ्चालन गर्न स्थानीय तहलाई सुम्पिएका कर तथा गैर कर राजश्वका स्रोतहरुको पहिचान दरहरुको निर्धारण, करको दायरा विस्तार गरी वैज्ञानिक स्थानीय कर प्रणालीको विकास गर्न राजश्व सम्बन्धी कार्यदल गठन गर्ने निर्णय भएको छ ।’

