पाँच डीआईजी एआइजीका लागि बढुवा सिफारिस

 संवाददाता    २०७९, ९ जेष्ठ सोमबार १२:२२     231 जनाले पढ़िसके



Spread the love

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पाँच जनालाई बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिको सदस्य-सचिव एवम् प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जानकारी दिए।

उनका अनुसार सिफारिको सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ। प्राप्ताङ्कका आधारमा बढुवा सूचीमा सबैभन्दा पहिलोमा उत्तमराज सुवेदी रहेका छन्।

सिंहका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत उत्तमराज सुवेदी, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङमा कार्यरत अरुण कुमार बि.सी., गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कास्कीमा कार्यरत दिवेश लोहनी, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा कार्यरत मुकुन्द राज आचार्य र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, मकवानपुरमा कार्यरत पुजा सिंहको बढुवामा सिफारिस भएको हो।