काठमाडौंमा बालेन शाहले पाएको मत ३४ हजार नाघ्यो

 स्थानीय निर्वाचन २०७९     २०७९, ७ जेष्ठ शनिबार १३:२८     297 जनाले पढ़िसके



Spread the love

काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ३४ हजार मत कटाएका छन्।

शनिबार दिउँसो १ बजेसम्ममा उनले ३४ हजार १३० मत पाएका हुन्। ९३ हजार ६४७ मत गन्दा शाहले सो मत पाए।

उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १८ हजार ५४७ मत पाए। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १८ हजार ४२९ मत पाए। शाह र स्थापितबीच मतान्तर १५ हजार ५८३ छ। यता शाह र सिंहबीच भने १५ हजार ७०१ मतान्तर छ।

राष्ट्रिय सभा गृहमा वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को मतगणना भइरहेको छ।

वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३० र ३२ को मतगणना सकिइसकेको छ।