रेणु दाहाल २ सयभन्दा धेरै मतले अगाडि

 स्थानीय निर्वाचन २०७९     २०७९, ३ जेष्ठ मंगलवार १५:०९     352 जनाले पढ़िसके



Spread the love

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई २११ मतले पछि पारेकी छन्।

अहिलेसम्म १९५८३ मत गनिसक्दा रेणुले ६६०२ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६३९१ मत पाएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत पाएका छन्।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ८०२६ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ५२५३ मत ल्याएर पछ्याइरहेकी छन्।