भारतिय प्रधानमन्त्री मोदीले भने, ‘लुम्बिनीमा न्यानो स्वागतको लागि धन्यवाद दिन चाहन्छु’

 संवाददाता    २०७९, २ जेष्ठ सोमबार १३:५५     239 जनाले पढ़िसके



Spread the love
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधामन्त्री शेरबहादुर देउवालाई धन्यावाद दिएका छन् ।
उनले लुम्बिनी आइपुगेको केही समयपछि सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन्, ‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु ।’

भारतीय प्रधामन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा विहान लुम्बिनी आएका हुन् । बुद्ध जयन्त्रीको अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी आएका हुन् ।

लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले मायादेवीको मन्दिरमा एकसाथ प्रार्थना गरेका थिए ।

मोदीको आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।