सर्लाही, ।सर्लाहीको हरिपुर नगरपालिकामा पनि नेपाली कांग्रेसको जित भएको छ । नेपाली कांग्रेस बाट नगर प्रमुखका उम्मेदवार गोपाल पंजियारले ६९३८ मत प्राप्त गरी बिजय भएका छन । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार सुनिल कुमार बुधाथोकीले ३८८६ मत प्राप्त गरेका छन ।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निलम रायले ५५५२ मत प्राप्त गरेर विजयी भएकी हुन । उनको निकटतम् प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उम्मेदवार शिला कार्कीले ४०७६ मत प्राप्त गरेकी छन । नौ वटा वडा रहेको हरपिुर नगरपालकिामा वडा नम्बर १ र ३,माओवादी २ र ४ मा एमाले ५,६ ७ काँग्रेस ८,९ मा एकीकृत समाजवादीका वडाध्यक्ष विजयी भएका छन् ।
त्यस्तै सर्लाहीको धनकौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साह र उपाध्यक्ष पदमा अकली सहनी दोश्रो कार्यकालको लागि विजयी भएका छन । नवनिर्वाचित साह र सहनी स्थानिय तह निर्वाचन २०७४ मा पनि नेपाली कांग्रेस बाटै विजयी भएका थिए । यो दोश्रो कार्यकाल हुनेछ ।
साहले ४४७७ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा सहनीले ४५०४ मत प्राप्त गरी निवार्चित भएका छन। गाउँपालिका अध्यक्ष साहकोे निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार फकिरा महतोले ३३७८ मत प्राप्त गरेका छन भने उपाध्यक्ष सहनीका निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार निलमकुमारी देवी सहनीले ३२२५ मत प्राप्त गरेकी थिईन ।
एमालेका उम्मेदवार अजय कुमार सिंहले भने १६०७ मत प्राप्त गरेका थिए भने उपाध्यक्षमा रमिता कुमारी यादवले १६०३ मत प्राप्त प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेकी छन ।यो सँगै सर्लाहीको २० पालिका हरु मध्ये दुई पालिकाको मतपरिणाम अनुसारले नेपाली कांग्रेसले दुई पालिकामा जित निकालेको छ ।