जितपुरसिमराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता

 स्थानीय निर्वाचन २०७९     २०७९, १ जेष्ठ आईतवार १६:५७     115 जनाले पढ़िसके



Spread the love

काठमाडौं, जेठ १ : बाराको जितपुरसिमरा उपमहानगरपालिकामा गठबन्धन दलका उम्मेदवारले अग्रता लिएको छ। उपमहानगरको मेयरका लागि गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले २ हजार ९५५ मतसहित अग्रता लिएका छन्।

नेकपा एमालेकी सरस्वती देवी चौधरीले २ हजार ४४१ मत पाएकी छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १ हजार १५८ मत पाएकी छन् ।

उपमेयरतर्फ कांग्रेसकी मघा शाहीले २ हजार ८७१ मत पाएकी छन् एमालेका भोलाप्रसाद अधिकारीले २ हजार ३९२ मत ल्याएका छन्। त्यस्तै लोसपाका विपि मोक्तानले १ हजार १८७ मत ल्याएका छन्।