प्रारम्भिक मतपरिणामबारे हरिबोल गजुरेलको प्रतिक्रिया– कांग्रेसले धोका दियो

 #माओवादी स्थानीय निर्वाचन २०७९     २०७९, १ जेष्ठ आईतवार १५:५६     109 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामप्रति असन्तुष्टि जनाएको छ। माओवादी नेता हरिबोल गजुरेलले गठबन्धन दलहरूबीच भएको तालमेलको मर्मअनुसार अधिकांश ठाउँमा कांग्रेसले गठबन्धनमा रहेका अन्य दलका उम्मेदवारहरूलाई मत नदिएको प्रारम्भिक मत परिणामले पुष्टि गरेको बताए।

‘गठबन्धनका अन्य दलका मतदाताले तालमेल हुँदा कांग्रेसबाट जुन पदमा उम्मेदवारी परेको छ, इमान्दारीपूर्वक मत दिएका दिएको देखियो तर कांग्रेसबाट देखिएन। बरु बागी उठेकालाई भोट दिएर जिताएको देखियो,’ उनले भने, ‘गठबन्धन दलहरूबीचको तालमेलको मर्मअनुसार मत नदिएर कांग्रेसबाट अराजकता प्रदर्शन भयो ।’

कांग्रेसबाट बागी उम्मेदवार भएर जनकपुर उपमहानगरपालिकामा मनोजकुमार साहले अग्रता लिइरहेका छन्। गठबन्धनका उम्मेदवार लालकिशोर साहको निकै कम मत छ । पाँचथरको फालेलुङ गाउँपालिका–१ मा त कांग्रेसकै बागी अनिश गुरागाइँले गठबन्धनको उम्मेदवारलाई पराजित गरेका छन्। काभ्रेको धुलिखेलमा पनि कांग्रेसका बागी उम्मेदवार शक्तिशाली देखिएका छन्। अन्य केही स्थानीय तहमा पनि यस्तै अवस्था छ। परिणाम सोचेजस्तो आउने नदेखिएको र नआउने देखिनुमा कांग्रेस जिम्मेवार रहेको नेता गजुरेलले बताए। तर, पनि माओवादीले यस पटक २०७४ सालमा भन्दा बढी स्थानीय भने जित्ने उनको दाबी छ।