भारतीय प्रधानमन्त्री मोदी भोलि बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आउंदै

 प्रधानमन्त्री     २०७९, १ जेष्ठ आईतवार ०७:४४     93 जनाले पढ़िसके



Spread the love

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपाल भ्रमण गर्दैछन् । उनी सोमबार ५ घण्टा नेपाल रहनेछन् ।

प्रधानमन्त्री मोदी बिहान पौने ११ बजे लुम्बिनी आइपुग्ने कार्यक्रम छ । सोमबार पौने ११ बजे उनी अन्तर्राष्ट्रिय बौदिष्ट सम्मेलन तथा ध्यान केन्द्रको हेलिप्याडमा ओर्लने छन् ।

मायादेवी मन्दिर परिसरमा पूजापाठको निम्ति ११ बजे पुग्ने कार्यक्रम छ । त्यहाँ आधा घण्टा बिताउने छन् ।

मायादेवी मन्दिरमा पूजापाठ गरेपछि साढे ११ बजे भारतले निर्माण गरेको बौद्ध गुम्बामा प्रवेश गर्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री मोदीले झण्डै ४० मिनेट बिताउने छन् ।

सवा १२ बजेतिर मोदी र भारतीय टोली नजिकैको होटल पवन प्यालेसतर्फ प्रस्थान गर्नेछ । पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षीको सम्मानमा शाकाहारी दिवाभोज आयोजना गर्नेछन् ।

त्यसमा झण्डै एक घण्टा बिताएपछि भारतीय प्रधानमन्त्रीले केहीबेर सोही होटलमा आराम गर्ने र त्यसपछि साढे ३ बजे पुनः अन्तर्राष्ट्रिय बौध्दिष्ट सम्मेलन तथा ध्यान केन्द्रको सभाहलमा आयोजना हुने अन्तिम कार्यक्रममा सरिक भएर हेलिकप्टरबाट स्वदेश फर्कर्ने छन् ।