प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रीहरुलाई स्पष्टीकरण सोधिने बताएका छन् । अधिकांश मन्त्रीहरु जिल्लामा गएको सूचना प्राप्त भएपनि एक दुई जनाबाहेक कसैले पनि आयोगसँग स्वीकृति नलिएको स्पष्ट पारे ।मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले जानकारी पाएअनुसार एक दुई जनाबाहेक अरुले निर्वाचन आयोगबाट अनुमति लिएको जानकारी छैन । आज ती सूचना आउलान् । यसको आधारमा फेरि २–४ पाना स्पष्टीकरणको निम्ति खर्चिनुपर्ने अवस्था आउला हामी त्यो गर्छौँ ।’ उनले आचारसंहिता उलंघन शीर्ष नेता र जाने सुनेकाहरुबाटै भएको पनि बताए ।