प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरामा : मतदानपछि मात्र काठमाडौं फर्कने कार्यक्रम

 काँग्रेस स्थानीय निर्वाचन २०७९     २०७९, २७ बैशाख मंगलवार ११:३१     132 जनाले पढ़िसके



Spread the love

काठमाडौं : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि यतिबेला गृह जिल्ला डडेल्धुरा पुगेका छन्। देउवा मतदानपछि मात्र काठमाडौं फर्कने कार्यतालिका रहेको छ।

देउवाले आज अमरगढी र परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ। ‘चुनावको मौकामा उहाँ आफ्नो निर्वाचन क्षेत्रमा जानुभएको हो। मतदानपछि फर्कनुहुन्छ,’ कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भने।

सोमवार साँझ देउवा धनगढीबाट डडेल्धुरा पुगेका हुन्। देउवाले गन्यापधुरा गाउँपालिकाको मतदान केन्द्रमा मतदान गर्नेछन्।