रेणुले नजिते देश दुर्घटनामा जान्छ भन्नु प्रचण्डको पराजय स्वीकारोक्ति हो : ओली

 एमाले     २०७९, २४ बैशाख शनिबार २१:३२     117 जनाले पढ़िसके



Spread the love

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुरबाटै हार स्वीकारेको बताएका छन्।

इटहरीको चुनावी कार्यक्रममा पुगेका ओलीले भरपुरमा रेणु हारे देश संकटमा जाने प्रचण्डको अभिव्यक्ति हारको स्वीकारोक्ति भएको बताए। प्रचण्डले दुर्घटनाको धम्की दिए पनि अन्तिममा चिसै पानीले नुहाउने पनि ओलीले दाबी गरे । प्रचण्डले नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवालाई धम्क्याइरहेको पनि ओलीले बताए। धम्कीकै कारण देउवाले रेणुलाई आफूले उम्मेदवार बनाएको अभिव्यक्ति दिएको उनको भनाइ छ। ओलीले भने, “प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बके झैँ बक्नुभएछ देउवाजी ।”