काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गर्न प्रदेश १ जाने भएका छन् ।
उनको सचिवालयले दिएको जानकारी अनुसार अध्यक्ष ओली आज १ नं प्रदेशका ४ ठाउँका कार्यक्रमहरुमा उपस्थित हुनेछन् ।
अध्यक्ष ओलीले मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने जनाइएको छ ।
त्यस्तैगरी आइतबार ओलीले चितवनको भरतपुरमा चुनावी सभालाई सम्बोन गर्नेसमेत कार्यकतालिका रहेको जनाइएको छ ।
त्यसका साथै आइतबार नै उनले रुपन्देहीको बुटवल पनि जाने तालिका रहेको उनको सचिवालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेताहरुको दोडधुप बढेको छ । जसमा अध्यक्ष ओली चुनावी कार्यक्रममा व्यस्त छन् । फोटो : फाईल