नेपाली कांग्रेसबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएकी सिर्जना सिंहले मतदाताको शिर झुक्न नदिने वाचा गरेकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित सत्तारूढ पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सिंहले उनले यस्तो बताएकी हुन् ।
‘स्थानीय चुनाव जिते भने मतदाताको शीर झुक्ने काम गर्दिनँ । मतदाताको सल्लाह र सुझावअनुसार अघि बढ्छु’ उनले भनिन् ।
उनले महानगरलाई ‘महान घर’ बनाउने योजना साकार पार्ने पनि बताइन् ।
उनले महानगरलाई भ्रष्टाचारमुक्त बनाइ असल शासनको स्थापना गर्ने योजना सुनाइन् ।
महानगरलाई महान घर बनाउने योजना छ । यहाँका संस्कृति सभ्यता जगेर्ना गर्ने सोच छ । महानगरभित्र मेयर भएर गइसकेपछि सुशासन कायम हुन्छ । चुस्तदुरुस्त सेवा प्रवाह हुन्छ,’ उनले भनिन् ।
उनले समावेशी संविधानको भावनाअनुसार अघि बढ्ने बताइन् । उनले सफा, स्वच्छ र सुन्दर काठमाडौं बनाउनका लागि आफूलाई जिताउनका लागि उनले मतदातासँग आग्रह गरिन् ।