तरुण दलले गठन गर्‍यो निर्वाचन परिचालन समिति (सूचीसहित)

 काँग्रेस स्थानीय निर्वाचन २०७९     २०७९, २३ बैशाख शुक्रबार १०:४८     103 जनाले पढ़िसके



Spread the love

काठमाण्डु – नेपाली कांग्रेसको युवा संगठन तरुण दल नेपालले प्रदेशमा ‘तरुण परिचालन समिति गठन गरेको छ ।

कांग्रेस उपसभापति एवं कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार तरुण दलले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भन्दै प्रदेशहरुमा ‘स्थानीय तह निर्वाचन प्रदेशस्तरीय तरुण परिचलान समिति’ गठन गरेको हो ।

तरुणका अध्यक्ष विद्वान गुरुङका अनुसार ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गठित ९९ सदस्यीय समिति परिचालन हुनेछ ।

तरुणले प्रदेश १ मा प्रभाकर थापा ‘संजय’, मधेसमा लोकेस सिंह, बागमतीमा कृष्णजी खड्का, गण्डकीमा मनोज गुरुङ, लुम्बिनीमा शक्तिसिंह ठकुरी र सुदूरपश्चिममा विष्णु ऐडीको संयोजकत्वमा समिति गठन गरेको हो ।