बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेल धरौटीमा रिहा

 संवाददाता    २०७९, २२ बैशाख बिहीबार १८:४१     212 जनाले पढ़िसके



Spread the love

सर्लाही, सर्लाहीका एक व्यवसायीको हत्या योजनाको सुपारी दिएका आरोप लागेका बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेल आज उच्च अदालत जनकपुरको आदेशबाट धरौटीमा रिहा हुने भएका हुन। जिल्ला अदालत सर्लाहीको आदेशले उनी केहिदिन अघि पुर्पक्षका लागि थुनामा गएका थिए । सो आदेश विरुद्ध उच्च अदालत जनकपुरमा उनले अपिल गरेका थिए सोही सुनुवाइको क्रममा उच्च अदालतले उनलाई चार लाख धरौटीमा रिहा गर्ने फैसला सुनाएको हो। हाल उनी सिन्धुली कारागारमा छन। यो मुद्दाले सर्लाही जिल्लाभर चर्चा पाएको थियो। एकजना व्यवसायी र विश्वराजका आफन्त विच जिल्ला अदालतमा जग्गा सम्बन्धी मुद्दा चलिरहेको अवस्थामा यो घटना अचानक आएको थियो। यस घटनालाई काल्पनिक रुपमा तयार गरि फसाउने षड्यन्त्र गरेको भन्दै विश्वराज पोखरेलले भन्दै आएका थिए । यस घटनामा प्रहरीले पक्राउ आदेश अदालतबाट जारी गराउँदा उनी निजामती सेवामा रहेको जानकारी नगराएको र बिभागिय जानकारी पनि नदिएको भन्दै उनले षड्यन्त्र गरिएको बताउँदै आएका थिए। निजामती सेवामा रहेका अधिकृत स्तरका सरकारी कर्मचारी पक्राउ गर्दा विभागिय जानकारी हुनुपर्ने ऐनमा रहेको उनले बताए। उनले घटना गराउन खोजेको भनिएको मिति भन्दा ३ महिना पछाडी घटना प्रहरीमा दर्ता गर्नु पनि रहस्यमय रहेको बताउंदै आएका थिए।