भरतपुरमा आज सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि उनीहरूबीच छलफल भएको छ। आज बिहान होटेल सिराइचुलीमा वरिष्ठ नेता रामचन्द्रले जगन्नाथ, मिना खरेल र कृष्णलाल सापकोटासँग छलफल गरेका थिए।
जगन्नाथ मेयर उम्मेदवार बन्दा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए। उनीहरू पनि कांग्रेस कार्यकर्ता हुन्।
भेटमा जगन्नाथलाई रामचन्द्रले उम्मेदवारी निष्क्रिय बनाउन आग्रह गरेका थिए। तर जगन्नाथले आफूहरू गठबन्धनको पक्षमा नरहेको र कांग्रेस बचाउन आफ्नो उम्मेदवारी कायमै राख्ने अडान दोहोर्याएको बताइएको छ।
भरतपुरमा कांग्रेसले मेयर पाउनुपर्ने अडानमा रहेका जगन्नाथले मेयर नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन।
