भरतपुरमा आज सत्ता गठबन्धनकाे आमसभा, शीर्ष नेताहरुले सम्वोधन गर्ने

 प्रधानमन्त्री स्थानीय निर्वाचन २०७९     २०७९, २२ बैशाख बिहीबार ०९:०१     114 जनाले पढ़िसके



Spread the love

काठमाडाैं। सत्तागठबन्धनले आज चितवनको भरतपुरमा चुनावी सभा गर्दैछ। आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन्। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभा सम्बोधन गर्न बुधबार नै चितवन पुगिसकेका छन्।

भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने छन्।

भरतपुर महानगरमा सत्तागठबन्धनबाट मेयरमा नेकपा माओवादीकी नेता रेणु दाहाल र उपमेयरमा कांग्रेस नेता चित्रसेन अधिकारी उम्मेदवार छन्। उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । यसैगरी नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ। फोटो : फाईल