३० वैशाखमा हुने स्थानीय तहकाे निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको छपाइ सम्पन्न गरेको छ । हालसम्म आयाेगले ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ ।
निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालका अनुसार लक्ष्यअनुसारको मतपत्र छपाइकाे काम सकिएकाे छ । केही पालिकाको भने पुनः छाप्नुपरेकाे छ । त्याे काम पनि केही दिनमा सकिने उनले बताए ।
मधेस प्रदेशका केही जिल्ला, बागमती प्रदेशकाे चितवन र प्रदेश १ को मोरङमा मात्र मतपत्र ढुवानी गर्न बाँकी रहेको आयाेगकाे भनाइ छ । आउने शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ । निर्वाचनमा १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको बुझाइ छ ।