आईजीपी नियुक्तिविरुद्ध रिट निवेदनको सुनुवाइ आज

 संवाददाता    २०७९, २१ बैशाख बुधबार ०९:२७     104 जनाले पढ़िसके



Spread the love

नेपाल प्रहरीमा आईजीपी नियुक्तिविरुद्ध असन्तुष्ट एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनको पेसी आज सुनुवाइ हुँदै छ। गत सोमबार दर्ता भएको मुद्दा सुनुवाइ गर्न आज बुधबारका लागि पेसी तोकिएको हो। नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय बदर गरेर आफूलाई आईजीपी नियुक्त गर्न निवेदक पोखरेलले माग गरेका छन्। सरकारको निर्णय अदालतको नजीर सिद्धान्तहरु र प्रहरी संगठनको मुल्यमान्यताको प्रतिकुल भएकाले स्वेच्छाचारी एवं गैरकानुनी निर्णय रहेको दाबी उनले गरेका छन्।

आफू ज्येष्ठ र बढुवाका सम्पूर्ण आधारमा सबैभन्दा बढी अंक प्राप्त गरेकाले आफूलाई वरिष्ठता कायम हुने गरी तत्काल बढुवा गर्न उनले परमादेश माग गरेका छन्।

रिटको टुंगो नलागेसम्म धिरजप्रतापलाई आईजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न र प्रहरी महानिरीक्षक पदको हैसियतमा कुनै काम गर्न नदिनु र एआईजीमध्ये आफैँ ज्येष्ठ भएकाले आईजीपी बढुवाको निर्णय नगर्दासम्म निमित्त आईजीपीको हैसियतमा कामकाज गर्नु गराउनु भनी उनले अन्तरिम आदेश माग गरेका छन्।