भरतपुरमा सत्ता गठबन्धनको २२ गते संयुक्त चुनावी सभा: देउवा–प्रचण्डदेखि गगन थापासम्मले सम्बोधन गर्ने

 स्थानीय निर्वाचन २०७९     २०७९, २० बैशाख मंगलवार १५:०५     120 जनाले पढ़िसके



Spread the love

काठमाडौं– चितवनको भरतपुरमा हुने चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्।

वैशाख २२ गते (बिहीबार) हुने सभामा प्रधानमन्त्री देउवासहित पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्नेछन्।

सभालाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडैल, डा शेखर कोइराला, महामन्त्री गगन थापाले पनि सम्बोधन गर्ने पाँच दलीय गठबन्धन चुनाव प्रचार प्रसार समिति चितवनले जनाएको छ।

सभालाई जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताले पनि सम्बोधन गर्नेछन्।

चितवन सत्ता गठबन्धनका दलहरुले आपसी तालमेल गरेर स्थानीय तहमा उम्मेदवार उठाएका छन्। भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहाल उम्मेदवार छिन्। रेणुको उम्मेदवारीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्व सदस्य जगन्नाथ पौडेलले स्वतन्त्र (बागी) उम्मेदवारी दिएका छन्।