काठमाडौं । सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । उनीहरू दुवै आ–आफ्नो संगठनको एआईजी थिए ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।