निर्वाचन आयोगले सार्वजनिक गर्‍यो नमूना मतपत्र

 स्थानीय निर्वाचन २०७९     २०७९, १७ बैशाख शनिबार १८:५८     440 जनाले पढ़िसके



Spread the love

काठमाडौं– निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले शनिबार नमूना मतपत्र सार्वजनिक गरेको हो।आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन। यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन। ६ ओटा महानगरपालिका र भक्तपुरमा अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने आयोगले यसअघि नै जानकारी दिएको छ।