केशव स्थापितलाई कारबाही गर्न ४५ अधिकारवादी संस्थाहरुको माग

 स्थानीय निर्वाचन २०७९     २०७९, १७ बैशाख शनिबार १२:०४     387 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बनेका केशव स्थापितलाई विभिन्न ४५ वटा संघ संस्थाले कारबाही गर्न माग गरेका छन्।

एक सार्वजनिक कार्यक्रममा प्रश्नकर्ता युवतीमाथि आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेका स्थापितलाई कारबाही गर्न माग गर्दै ४५ वटा संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन्।

सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्ने, असंवेदनशिल र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनेलाई पार्टीले तुरून्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्ने उनीहरूले विज्ञप्तिमा भनेका छन्।