नेपालले आफ्नो शासन व्यवस्था र अन्तर्राष्ट्रिय संलग्‍नतामा अतुलनीय परिवर्तन देखेको छ : अमेरिकी विदेशमन्त्री

 संवाददाता    २०७९, १६ बैशाख शुक्रबार ०७:२०     383 जनाले पढ़िसके



Spread the love

काठमाडाैं। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन्।

नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्वीट गर्दै विदेशमन्त्री ब्लिन्केनले भनेका छन्, ‘हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं, र मित्रताको धेरै दशकहरूको लागि तत्पर छौं।’

उनले नेपालसँग धेरै दशक लामो मित्रताका लागि अमेरिका तयार रहेका बताएका छन्। दोस्रो विश्वयुद्धको समाप्तिसँगै अमेरिका नेपाल सम्बन्ध स्थापना भएको थियो। सन् १९४७ अप्रिलमा अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएकाे थियाे। त्यसपछि नेपालमा अमेरिकी दूतावासको औपचारिक स्थापना भएकाे थियाे।