मोबाइल,मदिरा, मोटरसाइकलदेखि ताससम्म नेपाल भित्र्याउन सरकारले लगायो बन्देज (सूचीसहित)

 संवाददाता    २०७९, १४ बैशाख बुधबार ०९:१५     382 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । सरकारले विभिन्न १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो ।

मन्त्रालयले नेपाल राजपत्रमा नेपाल भित्र्याउन बन्देज गरिएका सामानहरुको विवरणसमेत प्रकाशित गरेको छ । उल्लेखित सामानहरु असार मसान्तसम्मका लागि आयातमा रोक लगाइएको हो ।

यी हुन् बन्देज गरिएका सामान :-

  • कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
  • सबै प्रकारका तयारी मदिरा
  • चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)
  • हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)
  • मोबाइल सेट
  • रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)
  • जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)
  • २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल
  • सबै प्रकारका खेलौनाहरु
  • खेल्ने तास