भूकम्प स्मृति दिवसमै आयो भूकम्प, सम्झना गरायो २०७२

 संवाददाता    २०७९, १२ बैशाख सोमबार २१:१०     107 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुङ गोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । २०७२ साल बैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको गोरखा भूकम्पको स्मृति दिवस मनाइरहँदा सो भूकम्प गएको हो ।