काठमाडौं, ११ वैशाख । सुन चोरीको भिडियो फुटेजले पोखरा महानगरपालिकामा एमालेले मेयरको टिकट दिएका दीपक पौडेललाई ठूलो धक्का लागेको छ । उनको टिकट खोसिने तयारी भएको छ ।
पौडेलको साटो अर्को उम्मेदवार चयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले परामर्श थालेको बुझिएको छ । ओलीले नयाँ उम्मेदवार बारे परामर्श गरेर साँझ सम्म निर्णय लिने बुझिएको छ ।
यसअघि पोखरामा एमालेबाट मेयरका उम्मेदवार दीपक पौडेलले गहना पसलमा कोटमा गहना चोरेर राखेको भनिएको भिडियो बाहिरिएको थियो । उनले उक्त भिडियो आफ्नो नभएको दाबी गरेका छन् ।