नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नन्दलाल वैश्यले उम्मेदवारी दर्ता गराएका छन् । नाराजुलुस सहित निर्वाचन अधिकृतको कार्यालय पुगेर वैश्यले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै उपमेयरमा विन्दु चर्तीमगरले उम्मेदवारी दर्ता गराएकी छिन् । मेयरका उम्मेदवार बनेका वैश्य बिहीबार मात्रै नेकपा माओवादी परित्याग गरी राप्रपामा प्रवेश गरेका हुन ।
वैश्य नेपालगन्जका व्यवसायी हुन् । उनी उद्योग वाणिज्य संघ नेपालगन्जका पूर्वअध्यक्षसमेत हुन् । उपमेयरमा उम्मेदवारी दिएकी चर्ती मगर भने पुष्प व्यवसायी हुन् ।
यसअघिको चुनावमा नेपालगन्जमा राप्रपाबाट धवलशमशेर जबराले मेयर जितेका थिए भने कांग्रेसकी उमा थापा मगर उपमेयर निर्वाचित भएकी थिइन् ।