मेलम्चीको पानी काठमाडौंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण

 संवाददाता    २०७९, ११ बैशाख आईतवार १०:५६     81 जनाले पढ़िसके



Spread the love

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण सुरु भएको छ ।खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो ।सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पठाइएकोमा आजबाट पानी वितरण थालिएको हो।