रेनु दाहालद्वारा पुन: उम्मेदवारीका लागि भरतपुरको मेयरबाट राजीनामा

 #माओवादी स्थानीय निर्वाचन २०७९     २०७९, ९ बैशाख शुक्रबार १९:४२     98 जनाले पढ़िसके



Spread the love

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिएकी हुन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी छन् ।

सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादी केन्द्रले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

राजीनामा पत्रमा भनिएको छ- ‘यही मिति २०७९ बैशाख ३० गते हुन गइरहेको आसन्न स्थानीय तहको निर्वाचनमा म भरतपुर महानगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गर्नेहुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै भरतपुर महानगरपालिका चितवनको नगरप्रमुखको पदबाट राजीनामा गरेको छु । कानुन बमोजिम मेरो राजीनामा स्वीकृत गर्नु गराउनुहुन अनुरोध छ ।’दाहालले सो राजीनामा पत्र उपप्रमुख पार्वती शाह ठकुरीलाई बुझाएकी थिइन् । राजीनामा बुझे लगत्तै ठकुरीले राजीनामा स्वीकृत गरेकी छन् ।