काठमाडौं : महानगर र उपमहानगरको उम्मेदवार छान्न बोलाइएको केन्द्रीय कार्यसम्पादन बैठक भोलि (शनिबार)का लागि सरेको छ। आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो।
‘कार्यसम्पादन बैठक भोलि विहान ११ बजे पार्टी कार्यालय सानेमा बस्नेछ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने। बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसले निर्देशन दिएको छ।
सत्ता गठबन्धनको निर्णयअनुसार कांग्रेसले ३ महानगर र ७ उपमाहनगर पाएको छ। ती पालिकाहरुमा उम्मेदवार छान्न बैठक बस्न लागेको हो। कांग्रेसले वैशाख ११ गते चुनावी घोषणा पत्र जारी गर्दैछ।