महानगर र उपमहानगरपालिकाका उम्मेदवार छान्न एमाले सचिवालय बैठक जारी

 एमाले     २०७९, ८ बैशाख बिहीबार १६:०५     110 जनाले पढ़िसके



Spread the love

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाउन नेकपा एमाले केन्द्रीय सचिवालय सदस्यको बैठक सुरू भएको छ ।

अध्यक्ष केपी ओलीको निवास बालकोटमा जारी बैठक उम्मेदवार छनौटमै केन्द्रित रहने उपमहासचिव विष्णु रिमालले जानकारी दिए । एमालेले महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुंगो केन्द्रबाट लगाउने वैधानिक व्यवस्था छ ।

६ वटा महानगरपालिकामध्ये ललितपुमा हरिकृष्ण ब्यन्जनकार, वीरगञ्ज विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।

उपमहानगरपालिकातर्फ भने एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस नभएकाले प्रदेश कमिटीको सुझावसमेतका आधारमा टुंगो लगाइने भएको छ ।

कतिपय महानगर र उपमहानगरमा उपमेयर अन्य दललाई दिनेबारे पनि छलफल भएको छ । फोटो : फाइल