ललितपुरको एक अक्सिजन प्लान्टमा विस्फोट : एकको मृत्यु, सात घाइते

 #दुर्घटना     २०७९, ८ बैशाख बिहीबार ११:२५     112 जनाले पढ़िसके



Spread the love

काठमाडौं । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा सातजना घाइते भएका छन् ।

बिहीबार बिहान अक्सिजन भर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार प्रहरी उद्धारमा खटिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।