जनकपुरधाम – सत्तारुढ गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको मेयर जसपालाई दिने सहमति गरेपछि नेपाली कांग्रेसका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध प्रदर्शन गरिएकाे छ ।
कांग्रेसका नेता तथा कार्यकर्ताहरुले जनकपुरधामको स्थानीय मुरली चोकमा टायर बालेर देउवाविरुद्ध प्रदर्शन गरेका हुन् । कांग्रेस नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवको अगुवाइमा प्रदर्शन भएको हाे ।
प्रदर्शनका क्रममा उनीहरुले ‘नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसँग गठबन्धन गर्न पाइँदैन’ जस्ता नारा लगाएका छन् ।