सत्तारुढ गठबन्धनको बैठक आज फेरि बस्ने

 स्थानीय निर्वाचन २०७९     २०७९, ७ बैशाख बुधबार ०६:३०     103 जनाले पढ़िसके



Spread the love

महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन सत्तारुढ गठबन्धनको बैठक बुधबार बिहान पुनः बस्ने भएको छ । मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न सकेनन् । सहमति हुन नसकेपछि बिहान ११ बजे फेरि जुट्ने गरी बैठक सकिएको थियो ।