सत्ता गठबन्धन बैठक निस्कर्ष नजिक : ज्ञानेन्द्रबहादुर कार्की

 स्थानीय निर्वाचन २०७९     २०७९, ६ बैशाख मंगलवार १९:३८     108 जनाले पढ़िसके



Spread the love

काठमाडौं–स्थानीय तह निर्वाचनको तालमेल टुंग्याउन बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकारात्मक रुपमा अघि बढेको सरकारका प्रवक्ता एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले भने, ‘हामी निस्कर्षको नजिकमा पुगेका छौं, बैठकमा हरेक कोणबाट विचार आएका छन् र सबै सकारात्मक रुपमा अघि बढेको छ। निस्कर्षको चरणमा प्रवेश गरेका छौं, त्यो तपाईंहरुलाई सुनाउँनेछौ।’अहिले नेताहरु बाहिरिएका छन्। केहीसमयपछि पुनः बैठक सुरु हुने जनाइएको छ। यसअघि दिउँसो ३ बजेबाट बैठक सुरु भएको थियो। हिजो विवाद भएको पोखरा महानगर समाजवादीलाई दिने सहमति भएको सूचना दिउँसो सार्वजनिक भएको थियो । उपमहानगरबारे सहमति नभएकाले त्यसलाई मिलाउन छलफल चलिरहेको छ।