काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन देखेर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली थरर्र कापेका बताएका छन्।
नेपाल विद्यार्थी संघको स्थापन दिवसको अवसरका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले अहिलेको सत्ता गठबन्धन कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनमात्रै नबनेको बताए।पौडेलले सत्ता गठबन्धनले चुनावमा तालमेल गरेर जाने भएपछि एमाले अध्यक्ष ओली थर्थरी कापेको बताए। उनले स्थानीय चुनाव सफल बनाउन गठबन्धन एकसाथ अगाडि बढ्नुपर्ने बताए।पौडेलले अहिले बनेको कांग्रेससहितको पाँचदलीय गठबन्धन देशमा भएको परिवर्तन जोगाउन र लोकतन्त्र रक्षाका लागि बनेको दाबी गरे। उनले गठबन्धन राजनीतिक रुपमा शक्तिशाली रहेको बताए।