एमालेको सचिवालय बैठकबाट चुनावी घोषणपत्र पारित

 स्थानीय निर्वाचन २०७९     २०७९, ५ बैशाख सोमबार २२:२०     119 जनाले पढ़िसके



Spread the love
नेकपा एमालेको चुनावी घोषणापत्र पारित भएको छ । पार्टीको केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले घोषणापत्र पारित गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकमा घोषणापत्र तयारी समितिले आफ्नो रिपोर्ट पेश गरेको र सोलाई बैठकले पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
‘पार्टीले स्थानीय तह निर्वाचनको क्रममा घोषणापत्र मस्यौदा तयारी समिति जुन बनाएको थियो । सो समितिले आफ्नो अन्तिम रिपोर्ट पेश गरेको छ र वैशाख ३० गतेको चुनावलाई केन्द्रीय कमिटीले तयार गरेको घोषणापत्र आज तयार भएको छ’, बैठकपछि गुरुङले भने ।
घोषणापत्र वैशाख ९ गते सार्वजनिक गर्ने एमालेको तयारी छ।