गठबन्धनको विषय आइतबारसम्म टुंगिन्छ : प्रचण्ड

 #माओवादी     २०७९, ३ बैशाख शनिबार ०९:५६     128 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्ममा गठबन्धनको टुंगो लागिसक्ने बताएका छन्। सत्ता साझेदार दलका बीच स्थानीय तह निर्वाचनमा हुने गठबन्धनको विषय आइतबारसम्ममा टुंगिने बताएका हुन्। शनिबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए। ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ,’ उनले भने, ‘हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ।’निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए। भरतपुर महानगरका विषयमा छलफल भइरहेको उनको भनाइ थियो। फोटो : फाइल