एक आदर्श नेताको स्थायी कमिटी यात्रा

 #नेकपा एकीकृत समाजवादी     २०७९, २ बैशाख शुक्रबार १०:०३     243 जनाले पढ़िसके



Spread the love

सर्लाही,
नेकपा (एकीकृत समाजवादी) ले सर्लाहीका पुराना कम्युनिष्ट नेतालाई स्थायी कमिटीमा लगेको छ । पहिले छुटपुटमा परेका भनिएका यी नेताको स्थायी कमिटी प्रवेशले कम्युनिष्ट आन्दोलनमा अनवरत लाग्ने योद्धाको सम्मान भएको कार्यकर्ताले महसुस गरेका छन । केही दिन पहिलेको केन्द्रीय कमिटीले पौडेललाई पार्टीको सर्वोच्च निकाय स्थायी कमिटीमा मनोनीत गरेको हो ।
सर्लाहीको वागमती नगरपालिका घर भएका पौडेल २०२८ सालमा सिन्धुलीका कम्युनिष्ट योद्धा ऋषि देवकोटाको चेलो भएर कम्युनिष्ट आन्दोलनमा होमिएका थिए। उनले २०३३ सालमा पार्टीको संगठित सदस्यता पाए । उनले २०२९ सालदेखि २०३४ सालसम्म भारतका विभिन्न स्थानमा वसेर पार्टी काम गरे । “त्यतीवेला भारतको वनारस देखि धेरै क्षेत्रमा पुगे, पुष्पलाल, तुलसीलाल आदि जस्ता धेरै दिग्गज कम्युनिस्ट नेताको छत्रछायामा रहेर काम गरे, भारतिय कम्युनिष्ट नेता पनि धेरैको संगत गरे ।” उनले भने– “विरामी भएर सडकमा कतिदिनदेखि वेहोस अवस्थामा रहेछु, मलाई भारतको एक आयुर्वेद केन्द्रले ६ महिनासम्म उपचार गरेर वचाएकोले नयाँ जिवन पाए ।” राजनीतिमा दुख र सुख साथी भएकाले आफुले सुख दुखलाई सामान्य रुपमा लिएको उनले वताए।
पौडेल २०४१ सालदेखि प्रवासवाट फर्किए र तराईका जिल्लाहरु सर्लाही, वारा, पर्सा, रौटहट आदिमा काम गरे । जिल्ला पार्टी प्रमुखलाई त्यतीवेला सचिव भनिन्थ्यो । यी सवै जिल्लामा उनि भूमिगत कालमा नै सचिव भएर काम गरिसकेका छ्न । विभिन्न भूमिगत रुपमा चलाईने आन्दोलन, पार्टी अभियान र संघर्षमा उनले भूमिका खेले। जनताको घरमा ढिलो, रोटी खाएर लुकिछिपी काम गरे।
प्रजातन्त्र पुनर्वहालीपछि उनी २०४८ सालमा गृह जिल्ला सर्लाही फर्किए । उनले त्यतीवेला सर्लाहीको सचिवको नेतृत्व पुनः सम्। पौडेलले २०४१ सालमा पनि तत्कालिन नेकपा माले सर्लाहीको सस्थापक सचिव भएर काम गरेका थिए ।
नेकपा माले हुदै एमालेसम्म उनले पाँचौदेखि नवौं राष्ट्रिय महाधिवेशनसम्म प्रतिनिधिको रुपमा सक्रिय सहभागिता जनाए । पटक–पटक तत्कालिन जनकपुर अंचल सचिव, अंचल सह–इन्चार्ज, ईन्चार्ज भएका पौडेल नेकपा एमालेको नर्वौ राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा नेकपा एमालेवाट अलग भएपछि उनी नेकपा एकीकृत समाजवादी पार्टीको पोलिट्व्युरोमा थिए । पौडेल अहिले मधेश प्रदेश कमिटीको उपाध्याक्ष छ्न । उनी अग्रज नेता भएकाले स्थायी कमिटीमा मनोनीत गर्न पार्टी नेतृत्वलाई प्रदेश नेतृत्वले नै सुझाव दिएको थियो । ७० वर्ष पुग्नै लाग्दा स्थायी कमिटीमा मनोनीत भएपछि कस्तो अनुभुति भयो त ? पौडेल भन्छन–“कम्युनिष्ट पार्टीको सवै भन्दा माथिल्लो तहमा जिम्मेवारी पुरा गर्न पाउनु गर्वकै कुरा हो नि, मलाई गौरव लागेको छ ।”
कुनै राजकीय पदमा पुग्ने अवसर लक्ष्मण पौडेलले पाएनन, २०५१ सालतिर संसदीय निर्वाचनमा उम्मेदवार भए पनि विजय हुने अवस्था रहेन । तर कम्युनिष्ट पार्टीको एक अनुशासित आदर्श पुरुषको रुपमा उनी कार्यकर्ता र जनतामा भने सम्मानीत छन ।