स्थानीय निर्वाचनप्रति अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन निर्वाचन आयोगको आग्रह

 स्थानीय निर्वाचन २०७९     २०७९, १ बैशाख बिहीबार १७:४८     111 जनाले पढ़िसके



Spread the love

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनप्रति अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरुसँग आग्रह गरेको छ ।

विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्धारित स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै निर्वाचनको विषयमा अन्योलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिन आग्रह गरिएको बताए ।

त्यस्तै आयोगले निर्वाचनका लागि आवश्यक पर्ने १ करोड ९४ लाख थान मध्ये ४९ जिल्लाका लागि ७० लाख ३३ हजार मतपत्र छपाइ भइरहेको जनाएको छ । पौडेलले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत लगाएतको प्रशिक्षण कार्यक्रम जारी रहेको जानकारी दिए ।

उनले जुन पार्टीको चूनाव चिन्हबाट टिकट पाउने हो, सो उम्मेद्वार सोही दलको हुने मान्यता आयोगले राख्ने बताए । त्यस्तै, आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिबारे जानकारी दिन स्थानीय तह निर्वाचन इ–बुलेटिन प्रकाशन सुरु गर्न लागेको पनि जानकारी दिएको छ ।