चैनपुर । बझाङमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ।
जिल्लाको जयपृथ्वी नगरपालिका–१० स्थित बाहुली नदीमा डुबेर १८ वर्षीय कमल बोहराको मृत्यु भएको हो।
बोहराको पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको बताइएको छ।
कक्षा १० मा अध्ययनरत उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषणा सुन्न चैनपुर पुगेका थिए।