नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणामअनुसार बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरे जित नजिक पुगेका हुन् ।
सातहजार ४२९ मतमध्ये हालसम्म करिब छ हजार मतगणना हुँदा अध्यक्षमा घिमिरेले तीन हजार ७२८ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार ९७७ मत प्राप्त गरेका छन् । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार काठमाडौँ केन्द्रको अब एक हजार ३०० मतगणना गर्न बाँकी छ । शुक्रबार दिउँसो नै सम्पूर्ण काम सक्ने तयारी छ ।हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेका समूहको अग्रता रहेको छ ।