आचारसंहितामा त्रुटि रहेको भन्दै निर्वाचन आयोगकाे कार्यालय पुगे एमाले महासचिव

 एमाले     २०७८, २४ चैत्र बिहीबार १५:०३     110 जनाले पढ़िसके



Spread the love

काठमाडौं, प्रमुख प्रतिपक्षी नेकपा एमाले निर्वाचन आचारसंहितामा त्रुटि रहेको भन्दै त्यसबारे छलफल गर्न निर्वाचन आयोग पुगेको छ।

आसन्न स्थानीय तहकाे निर्वाचनका लागि बनाइएकाे आचारसंहिता पालना तथा अनुगमनको दायरामा ल्याउन नसकिने भन्दै त्यसबारे छलफल गर्न महासचिव शंकर पोखरेलको नेतृत्वमा उपमहासचिव विष्णु रिमालसहितकाे टाेली आयोगको कार्यालय पुगेकाे हाे।

आयोगले आचारसंहितामा राजनीतिक दलका भ्रातृ संगठनले चुनावी प्रचारप्रसार गर्न नपाउने व्यवस्था राखेको भन्दै एमालेले त्यसलाई नमान्ने चेतावनी दिँदै आएकाे छ।

पालना तथा अनुगमनको दायरामा ल्याउन नसकिने विषय आचारसंहितामा राखिएको भन्दै मंगलबार बसेको सर्वदलीय बैठकमा हस्ताक्षर नगरेकाे जनाइएकाे छ।

यसअघि पनि एमालेले आयोगले जारी गरेको आचारसंहितामा चुनावी प्रचारमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने र एनजिओमा काम गर्नेलाई भोट माग्न रोक लगाउने विषय संविधान र कानुनसँग मेल नखाने भन्दै आपत्ति जनाएको थियो।