मन्त्रिपरिषदको बैठक बस्दै, हुंदैछन विभिन्न निर्णयहरु

 प्रधानमन्त्री     २०७८, २४ चैत्र बिहीबार १३:२३     86 जनाले पढ़िसके



Spread the love

काठमाण्डु- मन्त्रिपरिषदको बैठक बिहीबार बस्ने भएको छ । आज अपरान्ह चार बजे बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।

आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरु गर्ने सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

स्थानीय तहको निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गरिन्छ । तर नर्वाचन आचारसंहिता तयार भएपनि आयोगले उक्त संहिता लागू हुने मिति अझै तोकेको छैन ।