चोभार सुक्खा बन्दरगाह सञ्चालनमा, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

 प्रधानमन्त्री     २०७८, २२ चैत्र मंगलवार १६:००     100 जनाले पढ़िसके



Spread the love

काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह मंगलवारदेखि सञ्चालनमा आएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले वीरगञ्जबाट डिजिटल लकसहित आएको ३ वटा कन्टेनर बन्दरगाहमा प्रवेश गराएर औपचारिक उद्घाटन गरेका हुन् ।

वीरगञ्जबाट डिजिटल रूपमा लक गरिएका कन्टेनरहरूलाई समेत जीपीएसको माध्यमबाट के कस्तो अवस्थामा छ भनेर हेर्न सकिनेछ ।

आयातित वस्तुको करीब ७० प्रतिशत उपत्यकामै खपत हुने भएकाले पनि बन्दरगाह महत्त्वपूर्ण मानिएको छ ।

चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएसँगै भन्सारमा हुने चाप पनि कम हुने नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

विश्व बैंकको १ अर्ब ८० करोड ऋण सहायतामा बन्दरगाह निर्माण गरिएको छ । समितिका अनुसार १ अर्ब ५४ अर्ब लागतमा बन्दरगाह निर्माण भएको हो ।

विक्रम संवत् २०७५ माघ ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाहको शिलान्यास गरेका थिए ।

वैदेशिक व्यापार विस्तारका लागि बन्दरगाहले महत्त्वपूर्ण भूमिका खेल्ने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।